Skip to content

टोकियोमा हुने १४औं नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा

टोकियो १३ मंसिर। जापानको राजधानी टोकियोमा आयोजना हुने १४औं नेपाल फेस्टिभल–२०२४ को तयारी अन्तिम चरणमा पुगेको कुरा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले  जानकारी दिएको हो।
आगामी नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजना हुने यस फेस्टिभलमा नेपालको धार्मिक, सांस्कृतिक विविधताको प्रदर्शन गरिनेछ। यसका साथै नेपाली उत्पादनहरूको प्रवर्द्धन र नेपाल हाउस निर्माण अभियानलाई थप बल पुर्‍याउने लक्ष्य राखिएको छ।
एनआरएनए जापानका अध्यक्ष नवीन निउरेका अनुसार, फेस्टिभललाई भव्य बनाउन जापानमा रहेका नेपालीहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको छ। विभिन्न समितिहरू गठन गरी कामको बाँडफाँड गरिएको छ भने स्टल बुकिङ, झाँकी तयारी, स्वयंसेवक व्यवस्थापन लगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्।
फेस्टिभलमा नेपालका विभिन्न जातजातिका भेषभूषा, कला, संस्कृति र परम्परा झल्कने झाँकीहरू प्रदर्शन गरिनेछन्। साथै, नेपाली खानाका स्टलहरू, हस्तकलाका वस्तुहरूको प्रदर्शनी र नेपाली कलाकारहरूको प्रस्तुतिले फेस्टिभललाई थप आकर्षक बनाउने विश्वास आयोजकले लिएको छ।
एनआरएनए जापानका उपाध्यक्ष एवं झाँकी तथा सांस्कृतिक विभागका संयोजक सिद्धार्थ श्रेष्ठले नेपालको धर्म, संस्कृति र रहनसहनलाई प्रवासमा जोगाउन यस्ता फेस्टिभलहरूको महत्वपूर्ण भूमिका हुने बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर