Skip to content

गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएसनको २५औँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा,२४ मंसिर। गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएसनको २५औँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिमा निवर्तमान अध्यक्ष सन्तोष कुमार मिश्र, वरिष्ठ उपाध्यक्ष नवराज सुनार, उपाध्यक्ष जगन्नाथ गर्तौला, महासचिव विजेन्द्र चौधरी, कोषाध्यक्ष निहाल अन्सारी, सचिव सन्तोष राउत कर्मी, र सहकोषाध्यक्ष प्रकाश गिरी रहेका छन्। यस्तै, सदस्यहरूमा डिल बहादुर तुलाधर, एक बहादुर बानिँया, विन्दु पावे, गंगा बहादुर कुँवर, र भिमसेन शाह रहेका छन्। निर्वाचित पदाधिकारीलाई वरिष्ठ अधिवक्ता माधव बास्तोलाले शपथ ग्रहण गराएका थिए।

साधारण सभाको उद्घाटन गर्दै संघीय सांसद शिव नेपालीले मेकानिक्स क्षेत्रप्रति राज्यको सकारात्मक दृष्टिकोण नहुँदा यस क्षेत्रमा अपेक्षित विकास नभएको बताए। उनले अटो व्यवसायको व्यवस्थित व्यवस्थापनका लागि पोखरामा अनिवार्य रूपमा “अटो ल्याण्ड” निर्माणको आवश्यकता औँल्याए।

नेपाल अटो मेकानिकल व्यवसायी महासंघका अध्यक्ष जनार्धन गैरेले व्यवस्थित शहरको अवधारणाका लागि अटो ल्याण्ड आवश्यक रहेको उल्लेख गर्दै नेपालका प्रमुख शहरहरूमा यस्तो संरचना भइसकेकोमा पोखरामा यसको अभाव दुःखद भएको बताए।

कार्यक्रममा प्रमुख अतिथिसहित महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, बाग्मती संयोजक बलराम भण्डारी, रेडक्रस गण्डकी प्रदेश अध्यक्ष सुर्यप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पृथ्वी राजमार्ग बस समितिका अध्यक्ष योगेन्द्र के.सी, र अन्य विशिष्ट अतिथिहरूले पनि धारणा व्यक्त गरे।

कार्यक्रमका दौरान जेष्ठ सदस्य एवं पूर्व अध्यक्ष सनत कुमार भट्टराई तथा पुराना व्यवसायी कुल बहादुर मगरलाई सम्मान गरिएको थियो। साधारण सभाले महासचिव विष्णु अधिकारी र कोषाध्यक्ष अर्जुन उप्रेतीद्वारा प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गर्दै अधिवेशन सम्पन्न भएको घोषणा गरियो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर