Skip to content

सिक्लेसको मौलिकता जोगाउन पर्यटन व्यवसायीको आह्वान

पोखरा, पुस ७ गते। कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा भएको एक कार्यक्रममा सहभागीहरूले सिक्लेसको संस्कृति र परम्परा जोगाउँदै पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
सङ्घकी अध्यक्ष किसमकुमारी गुरुङले सिक्लेसको संस्कृति र परम्परा यहाँको आकर्षण भएको बताइन् । उनले यी मौलिक पक्षहरूलाई जोगाउँदै पर्यटन विकास गर्नुपर्नेमा जोड दिइन् ।
सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले सिक्लेस गुरुङ समुदायको ऐतिहासिक स्थल भएको बताउँदै यहाँ प्राचीनकालदेखिका संस्कार र संस्कृति रहेको उल्लेख गरे । उनले सिक्लेसलगायतका गुरुङ गाउँहरू समेटेर गुरुङ सम्पदा पदमार्ग विकास गर्ने योजना रहेको बताए ।
मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सिक्लेसमा गुरुङ समुदायका व्यक्ति पहिलोपटक बसाइ सरेको बताउँदै यहाँको मौलिकतालाई पर्यटकीय रूपमा उपयोग गर्न काम गरिरहेको उल्लेख गरे ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बढ्दो बस्ती विकाससँगै देशका विभिन्न पदमार्ग छोटिँदै गएको अवस्थामा गुरुङ सम्पदा पदमार्ग एउटा महत्त्वपूर्ण विकल्प हुने धारणा राखे ।
सिक्लेसमा शान्ति प्रक्रियाको सुरुआत भएको गन्तव्यका रूपमा शान्ति स्तम्भ बनाइएको छ । यहाँस्थित ‘इको म्युजियम’लगायत धेरै पर्यटकीयस्थल छन् ।
आगामी पुस १३ गतेसम्म हुने पदमार्ग प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका र गुरुङ पर्यटन व्यवसायी सङ्घले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर