Skip to content

व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता : मन्त्री थापा

पोखरा,पुस १२ गते । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं. ४ स्थित श्री ध्रुुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।
प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रमहरु ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “सिक्दै कमाउदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा जस्ता महत्वपूर्ण कार्यक्रमहरु शिक्षाको क्षेत्रमा प्रदेश सरकारले ल्याएको छ । यसको कार्यान्वयमा सबै विद्यालयहरु लाग्नुपर्ने छ । परिणाम आउने गरि नै यहाँहरुले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुरोध गर्दछु ।”, उनले भने ।
मन्त्री थापाले शिक्षामा सुधार ल्याउन मापदण्ड सरल र सहज बनाइने बताए । उनले स्थानीय पालिकाको सहकार्यमा नै शिक्षा क्षेत्रलाई सुदृृढ बनाउन सकिने उल्लेख गरे ।
विद्यालयको शैक्षिक प्रगतिका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयमा हाल १७० जना विद्यार्थी रहेको बताए । विद्यालयले स्थानीय स्रोत साधनको उपयोग गर्दै उत्पादनसँग पनि विद्यार्थीलाई जोडेको उनले उल्लेख गरे । विद्यालयमा खेलकुुद मैदान र यातायातको समस्या भएको र त्यसको परिपूर्तिमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
विद्यालयका भूतपूर्व विद्यार्थी एवम् भूगर्भ विद डा. सोमनाथ सापकोटाले नेपालमा साइन्स पढ्ने वातावरण घट्दै गएको बताए । मादीको केन्द्रमा पालिका स्तरिय साइन्स क्याम्पसको आवश्यक रहेको भनाई उनको छ । शैक्षिक स्तरमा सुधार ल्याउन सबै सचेत हुुनुपर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर