Skip to content

पोखरा सडक महोत्सव: सडकमै रमाइलो

पोखरा,पुस १४ गते। पोखरामा हिजो देखि २६औँ पोखरा सडक महोत्सव सुरु भएको छ। ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित यस महोत्सवले लेकसाइडलाई रङ्गीचङगी बनाएको छ।
विभिन्न सांस्कृतिक झाँकीसहितको परेडले महोत्सवको शुभारम्भ गरेको थियो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका थिए। फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब साढे ३ किलोमिटर क्षेत्रमा आयोजित यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरूको ठूलो भीड लागेको छ।
“यस महोत्सवले पोखराको सौन्दर्यलाई झनै बढाएको छ,” एक जर्मन पर्यटकले भने, “विभिन्न संस्कृतिहरूको मिश्रण यहाँ देख्न पाइन्छ।”त्यसै गरेर जापानीज पर्यटक खोबायसी नाकायामालेयस्तो कार्यक्रमबाट आफू हर्षित र आन्दित भएको बताए।
महोत्सवमा नेपालका विभिन्न जिल्लाका कलाकारहरूले आ-आफ्ना सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। सडकमै विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरू उपलब्ध छन्। बाल उद्यान, साहसिक खेलकुद, लोक दोहोरी, लाइभ कन्सर्ट जस्ता विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले महोत्सवलाई अझै रमाइलो बनाएको थियो।
रेवान पोखराले विगत २६ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा यो महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर