Skip to content

सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन : मन्त्रीको विशेष उपस्थितिमा सेवा विस्तारको प्रतिबद्धता

पोखरा,पुस १४ गते। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
उनले कार्यालयमा सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतासँग प्रत्यक्ष रुपमा जोडिन निर्देशन समेत दिएका छन् । “कार्यालय भवन निर्माण गरेर मात्रै हुँदैन । नागरिकको सेवालाई सहज बनाउन आवश्यक छ । सेवा प्रवाहमा कमी नहोस् ।”, उनले भने । प्रदेश सरकार स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनको छ ।
गण्डकी प्रदेशका सांसद जीत प्रकाश आलले सामाजिक विकास कार्यालयले सामाजिक बनोटमा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । सामाजिक संरचना राम्रो भए समाज राम्रो हुने बताउँदै पछाडी परेका वर्गहरुका लागि समेत सेवा प्रवाह सरल हुनुपर्नेमा उनले जोड दिए । सांसद अशोक कुमार श्रेष्ठले नयाँ सोचका साथ विकास निर्माणका सेवा प्रवाहमा लाग्न अनुरोध गरे ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ती रमण वाग्लेले मानवीय र सामाजिक क्षेत्रको विकास नै आजको आवश्यकता रहेको बताए । सामाजिक विकास कार्यालय तनहुँको नवनिर्मित भवनबाट शिक्षा,संस्कृति र खेलकुदको क्षेत्रमा सेवा प्रवाह गर्न ठूलो सहयोग पुग्ने विश्वास उनको छ ।
व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक र शिक्षा क्षेत्रलाई सुधार गर्न उक्त कार्यालय प्रभावकारी बन्ने उल्लेख गरे । स्थानीय तहसङ्ग मिलेर योजना अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । भौतिक संरचना सङ्गै सेवामा स्थानीय तह पनि मिलेर काम गर्न इच्छुुक रहेको भनाई उनको छ ।
तनहुँका प्रमुुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले भौतिक संरचनासँग सेवा प्रवाह समेत स्मार्ट हुन आवश्यक रहेको बताए । “राम्रा भवन राम्रा सवारीमा हिडेर मात्र भएन सेवा प्रवाहमा गुणस्तरीयता आउनुपर्यो ।”, उनले भने ।
कार्यक्रममा तनहुँका स्थानीय जनप्रतिनिधिहरू, समुदायका अगुवाहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सामाजिक विकास कार्यालयले बालबालिका, महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको सेवामा प्राथमिकता दिँदै आएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर