Skip to content

पोखरा इलेक्ट्रोनिक्स संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्झौता

पोखरा, पुस २४ गते।  पोखरा इलेक्ट्रोनिक्स तथा मोबाईल व्यावसायिक संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवामा विभिन्न छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
आज भएको एक कार्यक्रममा मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ओडूविल र संघका अध्यक्ष चिन्तामणि खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत संघका सदस्यहरू र उनीहरूका परिवारले मणिपाल अस्पतालमा प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा छुट पाउनेछन्।
यस सम्झौताका लागि सहयोग पुर्‍याउने कृष्ण मोहन श्रेष्ठ, रोशन अधिकारी, कृष्णप्रसाद गौतम लगायत सम्पूर्णलाई संघले धन्यवाद ज्ञापन गरेको छ।
संघका महासचिव रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस सम्झौताले हाम्रा सदस्यहरूको स्वास्थ्य सेवामा पहुँच सहज बनाउनेछ। हामी मणिपाल अस्पतालसँगको यस सहकार्यबाट निकै खुसी छौँ।”
विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “हामी भविष्यमा पनि यस्ता खालका साझेदारीलाई निरन्तरता दिनेछौँ।”
मणिपाल शिक्षण अस्पताल पोखराको फूलबारीमा अवस्थित छ र यो मणिपाल शिक्षा र चिकित्सा समूहको स्वामित्वमा रहेको छ। यो अस्पतालले विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू प्रदान गर्दछ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाईल व्यावसायिक संघ कास्की पोखरामा रहेका इलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायीहरूको छाता संगठन हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर