Skip to content

आदिवासीले पहिचान जोगाउन मात्रृभाषा संरक्षणमा विशेष जोड दिनुपर्छ: अध्यक्ष शेर्पा

काठमाडौँ, माघ ३ गते। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मात्रृभाषामा विशेष जोड दिनुपर्ने बताएका छन् ।
नेपाल मगर संघले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताएका हुन् ।
पछिल्लो समय आदिवासी जनजातिको मात्रृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले भने, ‘हाम्रो मूल कुरा भनेकै मात्रृभाषा हो । मात्रृभाषा रह्यो भने हामी रहन्छौँ । मात्रृभाषा नै रहेन भने हामी कसरी रहन्छौ ? आज यहाँ कार्यक्रम सञ्चालकले मात्रृभाषामा कार्यक्रम सञ्चालन गरेको भए कति उत्प्रेरणा मिल्थ्यो । त्यसैले हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ । हाम्रो मुटु भनेकै मात्रृभाषा हो ।’
संस्कार, संस्कृति, भेषभूषा सँगै मात्रृभाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाई थियो ।
नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएपनि त्यसको प्रतिफल भने अन्य समुदायले उपभोग गर्दै आएको बताए ।
अनेक बहानामा उल्टै आदिवासी जनजातिका प्राकृतिक अधिकारहरू खोस्ने कार्य भइरहेको भन्दै उनले यसमा सचेत हुन आवश्यक रहेको बताए । ‘आदिवासी जनजाति समुदाय प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्छ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन समेत हुँदैन’, अध्यक्ष शेर्पाले भने, ‘तर अहिले विभिन्न बहानामा अधिकार खोस्ने प्रयत्न भइरहेको छ । यसमा हामी समयमै सचेत हुन आवश्यक छ ।’
पछिल्लो समय संविधान संशोधनको चर्चा भइरहेको भन्दै उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले पाएको अधिकार पनि खोस्ने षड्यन्त्र हुनसक्ने बताए । संविधान संशोधन हुँदा प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि पहलकदमी हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर