Skip to content

माओवादी केन्द्र सरकार परिवर्तनको पक्षमा छैन: अध्यक्ष प्रचण्ड

चितवन,माघ ८ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकार परिवर्तनको पक्षमा नरहेको बताउनु भएको छ।

चितवनमा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको मुख्य प्राथमिकता सरकार परिवर्तन नभई जनता भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरैपटक भनेको छु, हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो।”

अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई आगामी २०८४ सालको आम निर्वाचनसम्म निरन्तरता दिनुपर्नेमा माओवादी केन्द्रको धारणा रहेको बताउनुभयो। उहाँले पार्टी बलियो बनाउन र जनतासँगको सम्बन्ध अझ मजबुत बनाउनेतर्फ आफूहरु केन्द्रित भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार माओवादी केन्द्र हाल सरकार परिवर्तनको कुनै खेलमा सहभागी छैन र पार्टीको मुख्य ध्यान संगठनात्मक सुदृढीकरणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर