Skip to content

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा : सहिद परिवारसँग भेटघाट

मोरङ, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हिजोदेखि सुरु गरेको ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत केन्द्रीय टोली आज दोस्रो दिन मोरङ आइपुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका केन्द्रीय नेताहरूले आज बिहान मोरङको कानेपोखरी गाउँपालिका–६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरेका छन् । यो भेटघाटबाट आजको कार्यक्रम सुरु भएको हो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको बताउँदै सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । सहिद परिवारका सदस्यहरूले भने आफ्ना प्रियजनको बलिदान खेर नजाओस् भन्ने उद्देश्यले माओवादी पार्टीलाई थप सशक्त बनाउन, सहिदका सपनाहरू पूरा गर्न, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर तयार गर्न र सहिदको गाउँमा सहिद पार्क निर्माण गर्न सुझाव दिएका थिए ।
अभियानअन्तर्गत ‘एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम’ को नीतिअनुसार आज मोरङको कानेपोखरीस्थित रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभाहरू आयोजना गरिँदैछन् । यस्तै, सहिद परिवारसँगै विभिन्न समुदायसँगको भेटघाट कार्यक्रम पनि तय गरिएको छ ।
माओवादी केन्द्रले यो अभियानमार्फत जनतासँगको सम्बन्ध सुदृढ गर्न र सहिदहरूको योगदानको कदर गर्न जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर