Skip to content

समाजसेवी ईसा गुरुङ कास्की पोखरा समाज जापानद्वारा सम्मानित

टोकियो, जापान। कास्की पोखरा समाज जापानले एक भव्य तथा गरिमामय समारोहका बीच समाजसेवी तथा सामाजिक अभियन्ता ईसा गुरुङलाई विशेष सम्मान गरेको छ। टोकियोस्थित नेवा डायनिङमा सम्पन्न कार्यक्रममार्फत गुरुङलाई दोसल्ला ओढाइ मायाको चिनो प्रदान गर्दै उनको समाजसेवामा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गरिएको हो।

समारोहमा प्रमुख अतिथि समाजसेवी ईसा गुरुङ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा संस्थाका प्रमुख संरक्षक अन्जु भण्डारी, कास्की आदर्श समाज ICC का संरक्षक तथा कास्की पोखरा समाज जापानका पूर्व अध्यक्ष शिवप्रसाद पौडेल, NRNA ICC सदस्य तथा पूर्व अध्यक्ष विकास श्रेष्ठ, कास्की आदर्श समाज एशिया प्यासिफिक संयोजक तथा पूर्व अध्यक्ष विश्व सुवेदी लगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले गुरुङको समर्पण, सामाजिक प्रतिबद्धता तथा नेपाली समुदायप्रतिको सम्वेदना र सेवाभावप्रति प्रशंसा प्रकट गरे।

कार्यक्रमको स्वागत मन्तव्य कास्की पोखरा समाज जापानका उपाध्यक्ष सरोज कार्कीले राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका वर्तमान अध्यक्ष कमल बास्तोलाले गर्नुहुँदै समाजसेवी गुरुङसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन संस्थाका महासचिव जीवन पोखरेल ‘कञ्चन’ ले गर्नुभएको थियो। उहाँले जब जब बाढी, भूकम्पजस्ता विपद् आइपर्दा, ईसा गुरुङलाई सरकारभन्दा पहिले सम्झने गरिएको उल्लेख गर्नुभयो।

झण्डै १०० जनाको उपस्थिति रहेको सो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जानकारी संस्थाका कोषाध्यक्ष कुलप्रसाद बास्तोला ‘सितल’ ले दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर