Skip to content

काश्कीमा ओली समूहमा भाडभैलो !

पोखरा।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समुहको राष्ट्रिय युवा संघ कास्कीको संयोजक चयन प्रति असहमती जनाउदै विज्ञप्ति जारी गरिएको छ । सोमबार विन्ध्यबासिनी पार्टी प्यालेसमा आयोजित बृहत युवा भेलाबाट डिल्लीराम सुवेदीलाई चयन गरेको घोषण भएको केही घण्टा पनि  नहुँदै युवा संघकै अर्को समुहले असन्तुष्टि ब्यक्त गदै विज्ञप्ति जारी गरेको हो।

सचिव रामचन्द्र तिमिल्सिनाले राष्ट्रिय युवा संघ कास्कीको लेटर प्याड प्रयोग गरेर संयोजक चयनमा बुहमत सदस्यलाई जानकारी नदिई संयोजक सहित ९९ सदस्यीय कमिटि घोषणमा बहुसंख्यक पदाधिकारी सहित सदस्यहरुको विपति रहेको जनाउनु भएको हो।

विज्ञप्तिमा भनिएकोछ, ‘फागुन १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रमलाई व्यवस्थापन गर्ने नाममा बहुसंख्यीय कमिटिका सदस्यहरुलाई जानकारी नगराई संघको विधि र पद्धति विना घोषणा गरिएको जिल्ला संयोजक र ९९ कमिटि घोषणाप्रति सिंगो बहुसंख्यीयक पदाधिकारी सहित सदस्यहरुको विमति रहेको र त्यस प्रकारको निर्णयप्रति घोर भत्र्सना गर्दछौ।’

विज्ञिप्तमा त्यस प्रकारको अराजक गतिविधि र ब्यक्तिगत अवसरबादबाट प्रेरित भई राष्ट्रिय अभियानलाई असफल बनाउने तत्वहरु प्रति सम्पुर्ण न्यायप्रेमी युवाहरुलार्ई शसक्त प्रतिबाद गर्न अनुरो गर्दछौ प्रेस विज्ञप्तिमा भनिएको छ। विज्ञप्ति युवा संघ केन्द्रीय कार्यालय र नेकपा जिल्ला कमिटि कास्कीलाई बोधार्थ दिएको छ।  

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर