Skip to content

सर्वोच्चले भष्मासुरको बध गरेको खबर सुन्दा रोगै हरायो : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले पुनस्र्थापना गरेर नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

दिल्लीमा उपचार गराइरहेका बाबुरामले प्रतिनिधिसभा पुनस्र्थापनापछि खुशी व्यक्त गर्दै यस्तो बताएका हुन् । उनले यो खबर सुन्दा रोगै हराए झैँ भएको प्रतिक्रियासमेत दिएक छन् ।

उनले अस्पतामा स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन सर्वोच्च अदालतको फैसला तिर भएको भन्दै यस्तो बताएका हुन् ।

‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर