Skip to content

अमरसिंह माविमा विद्यार्थी कुटपिटको घटना: शिक्षक बर्खास्त, घाइतेको उपचार खर्च विद्यालयले बेहोर्ने

पोखरा, २७ जेठ । अखिल (क्रान्तिकारी) पोखरा महानगर समितिले अमरसिंह माध्यमिक विद्यालय, पोखरा १२ को व्यवस्थापन समितिबीच भएको ४८ घण्टे अल्टिमेटमपछि वार्ता र छलफलबाट आफ्ना मागहरू पूरा भएको घोषणा गरेको छ। अखिल (क्रान्तिकारी) का पोखरा महानगर समिति इन्चार्ज मनिष तामाङले एक विज्ञप्तिमार्फत उक्त जानकारी गराएका हुन्।
क्रान्तिकारीले विद्यार्थीमाथि भएको कुटपिट लगायतका विषयमा ४८ घण्टाभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो। सोही अल्टिमेटमपछि भएको वार्तामा विद्यालय व्यवस्थापन समिति आफ्ना मागहरू पूरा गर्न सहमत भएको हो।
पूरा भएका प्रमुख मागहरू:
विद्यार्थी कुटपिट गर्ने शिक्षक बर्खास्त: विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक दीपक दाहाललाई बर्खास्त गर्ने निर्णय भएको छ
घाइते विद्यार्थीको उपचार खर्च: कुटपिटबाट घाइते भएका विद्यार्थीको सम्पूर्ण उपचार खर्च शिक्षक दीपक दाहालले नै बेहोर्ने भएका छन्।
गैरकानुनी नियुक्ति खारेज, प्रक्रिया पुर्‍याएर नियुक्ति: गैरकानुनी रूपमा विज्ञापनविना नियुक्ति भएका शिक्षक तथा कर्मचारीको पद खारेज गरी पूर्ण विज्ञापन खुलाई प्रक्रिया अनुसार नियुक्ति गरिने भएको छ। यसमा हाल कार्यरत शिक्षक तथा कर्मचारीलाई प्राथमिकता दिइनेछ।
शाखा प्रमुखको कार्यसम्पादन मूल्यांकन: शाखा प्रमुखको विषयमा प्रश्न उठेको हुनाले उनको कार्यसम्पादन मूल्यांकन राम्रो नदेखिएमा परिवर्तन गर्ने निर्णय भएको छ।
अखिल (क्रान्तिकारी) ले विद्यार्थी हित र शैक्षिक सुशासनका लागि गरिएका प्रयास सफल भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर