Skip to content

फुलबारी जनपथटोल विकास संस्थाको १८औं साधारणसभा भव्य रूपमा सम्पन्न

पोखरा,जेठ ३१ गते।फुलबारी जनपथटोल विकास संस्थाको १८औं साधारणसभा तथा ९औं अधिवेशन शनिबार सम्पन्न भएको छ। विकास, समृद्धि र समाज कल्याणलाई लक्षित गर्दै आयोजित यस अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचारी रहनु भएको थियो भने अन्य अतिथिका रुपमा वडा सदस्य रनसुवा गुरूङ र विष्णुप्रसाद घिमिरे उपस्थित हुनुहुन्थ्यो। साथै, निर्वाचन मण्डलका संयोजक ताराबहादुर रायमाझी, सल्लाहकारहरू र सम्पूर्ण टोलबासीको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाले विगत वर्षको गतिविधिको समीक्षा गर्दै आगामी वर्षका योजना सार्वजनिक गरेको छ। टोलको समग्र विकासका लागि सबैको साझा प्रयास आवश्यक रहेको निष्कर्ष कार्यक्रममा निकालिएको थियो।

निर्वाचन प्रक्रियाबाट पुनः चिन्तामणि खरेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। नवगठित कार्यसमिति निम्नानुसार चयन भएको छ:

नवगठित कार्यसमिति

अध्यक्ष: चिन्तामणि खरेल

उपाध्यक्ष: महेश कार्की

सचिव: गोपाल बराल

सह-सचिव: माधव बराल

कोषाध्यक्ष: द्रोपती श्रेष्ठ

सदस्यहरू: माया राना, लिला पौडेल, कृपा थापा, नारायण बिक, जीत बहादुर थापा

कार्यक्रम समापनमा नव निर्वाचित अध्यक्ष खरेलले टोलबासीहरूबाट प्राप्त भरोसा र विश्वासलाई कायम राख्दै टोलको विकास र व्यवस्थापनमा अझै प्रगाढ प्रतिबद्धताका साथ अगाडि बढ्ने वाचा गर्नुभयो।
यसैगरी, संस्थाले कार्यक्रममा प्रत्यक्ष–परोक्ष साथ दिनु भएका सबै टोलबासी, अतिथि तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर