Skip to content

ओलीसँगको सहकार्य सोच्न पनि सकिन्न: प्रचण्ड

काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गरेका छन्। गौतमले बिहीबार बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका छन्। उनीहरुबीच त्यहाँ करिब पौने घण्टा भेटवार्ता भएको थियो।

उक्त भेटमा गौतमले प्रचण्डलाई पार्टी एकताको विकल्प नरहेकाले आफू एकताको पक्षमा उभिएको र अहिले सो जिम्मेवारी प्रचण्डको काँधमा आएकाले त्यसलाई पूरा गर्न भनेको गौतमका प्रेश संयोजक विश्वमणि सुवेदीले बताए।

प्रचण्डसँगको भेटमा गौतमले भने, ‘हामीले पार्टी एकता कायम गर्दा नेतृत्व हामीले नै लिन पाउने छौं। अर्को पार्टीले खेल्ने मौका पाउँदैन। अर्को पार्टीले खेल्न पायो भने त्यो देश र हाम्रो पार्टीका लागि दुर्भाग्य हुनेछ। पार्टी एकता कायम गर्ने सुनौलो मौका नगुमाउनु होला।’

जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिले कै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने बताए। ओलीले आत्मालोचना गरि राजीनामा दिनु पर्ने र सो कार्य पार्टी एकताका लागि हितकर हुने उनले बताए।

गौतमले एकतासहितका रणनीतिक विषयका लागि कार्यदल बनाउन पनि सुझाव दिएका छन्। गौतम र प्रचण्डबिच छलफल जारी राख्ने सहमति भएको छ।लोकपाटीबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर