Skip to content

सरकारले चालीस जिल्लाको सिडिओहरुको सरुवा गऱ्यो

काठमाडौं। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको व्यापक सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्री स्तरीय निर्णयबाट ४० भन्दा बढी जिल्लाका सिडिओहरुको सरुवा गरेका हुन् । सिन्धुलीका सिडिओ योगेन्द्रप्रसामद पाण्डेको पाल्पा सरुवा भएको छ । बागलुङका सिडिओ सुरेश न्यौपाने सिन्धुली पुगेका छन् । गृहमन्त्रालयका सह–सचिव शालिगराम शर्मा पौशडेल गोरखाको सिडिओ भएका छन् ।

गोरखाका तीर्थराज भट्टराईको महोत्तरी सरुवा भएको छ । गृह मन्त्रालयका अरुण पोखरल जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पदस्थापन भएका छन् । सिन्धुपाल्चोकका उमेशप्रसाद ढकाल सुनसरी पुगेका छन् । फणिन्द्रप्रमणि पोखरेल सुनसरीबाट सप्तरी, ज्ञानप्रसाद ढकाल कास्कीबाट धादिङ, गृहका सहसचिव थानेश्वर गौतम गृह मन्त्रालयबाट कास्की, तुलसीराम सेढाईं इलामबाट उदयपुर, यज्ञराज बोहरा जिल्ला प्रशासन कार्यालय कैलालीबाट गृह मन्त्रालय सरुवा भएका छन् ।

चक्रपाणि पाण्डे उदपयुरबाट कपिलवस्तु, सन्तबहादुर सुनार दैलेखबाट बर्दिया, नारायणप्रसाद भट्टराई चितवनबाट सर्लाही, सुरेन्द्र पौडेल सर्लाहीबाट बारा, दीपकराज नेपाल बाराबाट स्याङजा, दिर्घनारायण पौडेल कपिलवस्तुबाट दाङ, जयनारायण आचार्य दाङबाट गृह मन्त्रालयमा काज सरुवामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर