Skip to content

शिक्षकहरू सरकारविरुद्ध सडकमा उत्रने तयारीमा

शनिबार, ३ साउन २०८२

काठमाडौं,३ साउन। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न दबाब दिँदै साउन २१ गतेभित्रको अल्टिमेटम दिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले स्पष्ट शब्दमा चेतावनी दिएको छ– यदि उक्त मितिभित्र विधेयक पारित भएन भने यसपटकको आन्दोलन अझ तीव्र र प्रभावकारी हुनेछ।

शिक्षकहरूको तर्फबाट भनिएको छ कि सरकार विगत वैशाख १७ मा भएको सहमतिलाई कार्यान्वयन गर्न गम्भीर छैन। असार १५ भित्र विधेयक पारित गर्ने सरकारको प्रतिबद्धता आफैंले उल्लंघन गरेको आरोप महासंघले लगाएको छ।

महासंघका अनुसार,

अस्थायी शिक्षकलाई स्थायीत्व दिने प्रक्रिया,

स्थायी शिक्षकको बढुवा र विभागीय कारबाही,

विद्यालय कर्मचारी व्यवस्थापन,

इसिडी (ECD) शिक्षकहरूको प्रावधान र

ट्रेड युनियन अधिकार
जस्ता विषयहरूमा सरकारले षड्यन्त्र गरिरहेको छ।

शिक्षक प्रतिनिधिहरूले सरकार इमानदार नरहेको बताउँदै, शिक्षालाई कमजोर बनाउने रणनीतिमा लागेको आरोप समेत लगाएका छन्।

“शिक्षकहरूलाई बाधक देखाएर विधेयक संसदको शिक्षा समितिमा रोक्नु नै सरकारको गैरजिम्मेवारीको प्रमाण हो,” महासंघको भनाइ छ।

 

यदि माग पुरा भएन भने नयाँ चरणको आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर