Skip to content

जितको सुनिश्चितता बन्दै : ई. अरुण खड्का (काजी)को एनआरएनए जापान सदस्य पदको उम्मेदवारीमा बुद्धिजीवीहरूको साथ

टोकियो, जापान ७ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय अधिवेशन २०२५ का अवसरमा इन्जिनियर अरुण खड्का (काजी)ले सदस्य पदमा उम्मेदवारी दिएका छन्।
“भ्रम होइन, तथ्यलाई आत्मसाथ गर्ने सकारात्मक सोच!” भन्ने मूल नारा बोकेर खड्काले एनआरएनए जापानलाई सफा, पारदर्शी र जनमुखी संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।

विद्यार्थी भीषादेखि इन्जिनियरसम्मको जीवन यात्राबाट संकलन गरेका अनुभवलाई जापानमा रहेका करिब तीन लाख नेपालीको सेवा र समृद्धिमा रूपान्तरण गर्ने संकल्प गर्दै खड्का अभियानमा जुटेका छन्।

विशिष्ट बुद्धिजीवीहरूको समर्थन

खड्काको उम्मेदवारीप्रति जापानमा रहेका नेपाली बौद्धिक वर्ग र विज्ञहरूले खुला समर्थन जनाएका छन्।
विशेष रूपमा तीनजना प्रतिष्ठित व्यक्तित्वहरूको समर्थन उल्लेखनीय छः

प्रा. डा. विश्वराज कँडेल – Nagoya University of Foreign Studies

न्यूरोसर्जन डा. लुसुन चालिसे – जापान

प्रा. डा. विकास लम्साल – वासेदा विश्वविद्यालय, जापान

उनीहरूले सामाजिक सञ्जालमार्फत अरुण खड्काको उम्मेदवारीलाई “इमान्दार, नैतिकवान र योग्य प्रतिनिधिको अभियान” भनेर व्याख्या गर्दै अत्यधिक मतले विजयी गराउन आह्वान गरेका छन्।

अरुण खड्काको प्रमुख चुनावी एजेन्डा:

(क) जापानमा बढ्दो आत्महत्या समस्याको न्यूनीकरणका लागि विशेषज्ञ टोली निर्माण
(ख) जापानमा सिकिएको सीप नेपालमा स्थानान्तरण गर्न तालिम कार्यक्रम सञ्चालन
(ग) नेपालीहरूले मेहनतले संचित रकमलाई नेपालमा सुरक्षित र उपयोगी लगानीमा रूपान्तरण
(घ) जापानी पूर्वाधार (जस्तै: राजमार्ग, खानेपानी)को नमूना नेपालमा स्थलगत रूपमा प्रस्तुत गर्न विज्ञ टोलीको संयोजन
(ङ) स्नातक भिषासम्बन्धी विकृति नियन्त्रणका लागि स्पष्ट संवाद र नीति निर्माण
(च) जापानमा रहेका सम्पूर्ण नेपालीको समस्या आफ्नै समस्या ठानी समाधान गर्ने जिम्मेवारी

ई. खड्काले स्पष्ट रूपमा बताएका छन्:

“नेतृत्व होइन, सेवाभाव बोकेर आएको हुँ।
तपाईंहरूको सपना नै मेरो संकल्प हो।”

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर