काठमाडौँ,१० साउन । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टी सदस्यता विवादमा आफूलाई वञ्चित गर्न नहुने भन्दै कडा सन्देश दिएकी छन्। शुक्रबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले मदन भण्डारीको फोटोसहितको रातो ब्यानरमुनि सार्वजनिकरूपमा पार्टीको सदस्यता नवीकरण गरिसकेको घोषणा दोहोर्याउँदै, आफूलाई हटाउने निर्णय अवैध र असंवैधानिक भएको दाबी गरिन्।


प्रतिक्रिया दिनुहोस्