Skip to content

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान!

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले संसद आह्वानको विषयमा छलफल गरेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीका अनुसार अस्तिको बैठकमा सामान्य छलफल भएपनि आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद आव्हानको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई गत मंगलबार बदर गरेर १३ दिनभित्र संसद् बैठक आह्वानको परमादेश गरेपछि मन्त्रिपरिषद्को आजको बैठकले संसद् आह्वानको सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर