Skip to content

नेपालमा इन्टरनेट शुल्क घट्ने

पोखरा। सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीले सेवा प्रयोगबाट लिदै आएको इन्टरनेट शुल्कलाई घटाउने तयारी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार सूचना प्रविधि मन्त्रालयले यसबारे अवश्यक छलफल र तयारी गरिरहेको छ ।

बिहिबार दूरसञ्चार प्राधिकरणको २३ औं बार्षिक उत्सबमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले इन्टरनेट शुल्क घटाउने बताए ।

आगामी आर्थिक बर्षको बजेट मार्फत दूरसञ्चार क्षेत्रमा लाग्दै आएको करलाई हेरफेर गरी उपभोक्ताले तिर्दै आएको इन्टरनेट शुल्क घटाइने मन्त्री गुरुङको भनाई छ ।

‘अन्तराष्ट्रिय व्यान्डवीथको शुल्क बर्षेनी घट्दै जाने तर नेपालको इन्टरनेट शुल्क बढ्दै जाने देखिएको छ’ उनले भने ‘इन्टरनेट सेवाप्रदायकहरुसँगको छलफलपछि इन्टरनेट शुल्क सस्तो बनाइने छ ।’

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको अवधारणालाई साकार पार्न र उपभोत्तालाई भार नपर्ने गरी इनटरनेट सेवाको मुल्य समायोजन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर