Skip to content

चर्चित लोक गायिका कोमल वलीद्वारा रघुजी पन्त बिरूद्ध मुद्दा दायर

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पुर्याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गरेकी छिन् । अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिएकी हुन् ।

वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा भनिएको छ, “मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या भएको छ ।”

मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ (१), (२) कसूरबमोजिमको सजायँका साथै विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र रु दश हजार जरिवानासमेत गरी हदैसम्मको सजायको माग नेकपा(एमाले)का नेता पन्तविरुद्ध गरिएको छ ।

कसूरको गम्भीरता र प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चारमाध्यमबाट भएको बेइज्जती आदि विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट भराई पाऊँ भन्ने मागसमेत फिरादपत्रमा गरिएको छ ।

पूर्वमन्त्री पन्तले यही फागुन १५ गते राजनीतिक दलको कार्यक्रममा वलीप्रति लक्ष्य गर्दै उनले कसरी सांसद पद पाएको भन्ने अभिव्यक्ति दिएका थिए । एक अनलाइन पत्रिकामा भने पन्तले माफी मागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर