Skip to content

असंवैधानिकगतिबिधि गर्ने ओली गुटसँग सरकारमा सहभागी नहुने:उपेन्द्र यादब

 

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन्।

बुधबार संसद बैठकपछि बाहिरिने क्रममा यादवले असंवैधानिक कदम र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हुने बताए। उनले भने, ‘हाम्रो मुख्य ध्यय असंवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउने हो।’

अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा जाने जनता समाजवादी पार्टीको कुनै योजना नरहेको बताए। उनले प्रधानमन्त्रीसँग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने बिषयमा भएको तर्क गरे। जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसँगमात्र सहकार्य गर्ने उनले बताए।

असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने ओलीसँग सहकार्य सम्भावना नभएको उनको भनाई छ। यादवले कांग्रेस र माओवादीसँग मिलेर  सरकारमा जान पार्टी खुल्ला रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर