Skip to content

प्रधानमन्त्री खड्ग ओली जसपासॅंग निक्कै नै सकरात्मक

पोखरा।सत्तासमीकरणका लागि जनता समाजवादी पार्टी (जसपा)सँग प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।जसपाले राखेका प्रमुख तीन माग पूरा गर्ने सवालमा प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएका हुन् । बिहीबार पार्टी सचिवालय बैठकलगत्तै बालुवाटार पुगेका जसपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि सकारात्मक रहेको बताएका हुन् । थप छलफल गर्न दुवै पक्षको कार्यदलस्तरीय बैठक शुक्रबार बस्दै छ ।

नयाँ सरकार निर्माणका विषयमा आफ्ना माग पूरा गराउने सर्तसहित प्रधानमन्त्री ओली र कांग्रेस–माओवादीसँग छलफल गरिरहेको जसपाले बिहीबार अपराह्न ५ बजेदेखि बालुवाटारमा करिब तीन घन्टा प्रधानमन्त्री र उनको टोलीसँग छलफल गरेको थियो । छलफलमा अहिलेसम्म दुई पक्षबीच भएका औपचारिक–अनौपचारिक छलफलबारे ओलीलाई ब्रिफिङ गरिएको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता सकारात्मक तरिकाले अगाडि बढेको र शुक्रबार कार्यदलस्तरीय छलफल हुने बताए । ‘अहिलेसम्म भएका विभिन्न छलफलमा उहाँहरू मधेस आन्दोलनमा जोडिएका साथीभाइलाई रिहाइ गर्ने विषयमा नै केन्द्रित हुनुहुन्छ । अध्यक्षज्यूसँगको छलफल पनि बढी त्यसैमा केन्द्रित भयो,’ नेता नेम्वाङले भने, ‘छलफल एकदमै सकारात्मक रह्यो । शुक्रबार पनि अनौपचारिक कुराकानी गर्ने भनेका छौँ । अहिलेसम्मको अवस्था धेरै सकारात्मक देखिएको छ ।’

बन्दी रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग जसपाको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर