Skip to content

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने :प्रचण्ड

पोखरा। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले नेपाली कांग्रेसले प्रधानमन्त्रीकेपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल पर्ने निर्णय गरेपछि देशको राजनीतिले कोल्टे फेरेकोबताएका छन्

शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएकाहुन्। उनले अब छिट्टै नयाँ सरकार बन्ने बताए।

उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि अर्को सरकार गठनको निम्ति पहल गर्नेनिर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ। तपाईंहरु सबैलाई पनि बधाई भन्न चाहन्छु। सम्भवतः छिट्टै नयाँसरकार बन्नेछ। नयाँ परिस्थिति बन्नेछ।

नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धीहरु केपी ओलीले खोस्न खोजेको प्रचण्डको आरोप छ।

उनले ओलीलाई हिटलरसँग तुलना गर्दै भने, ‘नेपालमा केपी ओली आफूलाई राष्ट्रवादी भनेर फाँसीवादतर्फ अघि बढे। दुश्मनकोएजेन्टका रुपमा राजा महाराजाको पदचिह्न पछ्याएर प्राप्त उपलब्धी उल्ट्याउने षड्यन्त्र भयो।

ओली प्रतिक्रियावादी सामन्ती तत्वको एजेन्टको रुपमा अघि बढेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर