Skip to content

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि!

पोखरा।नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको हो।

मूल्यवृद्धि पछि पेट्रोल लिटरको १ सय २० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ३ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। निगमलाई खाना पकाउने एलपीजी ग्यास एक सिलिण्डरमा ४ सय १८ रुपैयाँ ४७ पैसा  घाटा छ। निगमलाई ग्यासबाट मात्रै ६० करोड १३ लाख रुपैयाँ घाटा छ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल लिटरमा ७ रुपैयाँ ३९ पैसा र डिजलमा १ रुपैयाँ ९४ पैसा घाटा छ। निगमलाई मूल्य वृद्धि पछि पनि १५ दिनमा ८८ करोड घाटा हुने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर