Skip to content

भारतमा बनेको मोबाइल नकिन्न नेपाल टेलिकमका प्रबन्ध निर्देशकको अपिल

पोखरा।नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीमा आधारित बीटीएस टावरले लामो दूरीमा नेटवर्क पुर्‍याउन सक्छ । तर भारतमा बन्ने मोबाइलहरुले भने ८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई सपोर्ट गर्दैनन् ।

‘भारतमा फोरजीका लागि ८०० मेगाहर्जको फ्रक्वेन्सी नै प्रयोग हुँदैन,’ प्रबन्ध निर्देशक अधिकारीले भने, ‘यसैले भारतमा बन्ने मोबाइलमा हाम्रो ८०० मेगाहर्जमा आधारित नेटवर्कको सपोर्ट हुँदैन । यस्तो अवस्थामा भारतमा बनेका स्मार्टफोनमा हाम्रो फोरजी नचल्ने अवस्था छ ।’

अधिकारीका अनुसार भारत बाहेक चीन, भियतनाम लगायत अन्य देशमा बनेका मोबाइल सेटमा भने यस किसिमको समस्या छैन । उनले अगाडि भने, ‘मोबाइल किन्दा ८०० मेगाहर्ज फ्रिक्वेन्सीको सपोर्ट रहेको वा नरहेको कुरा ख्याल गर्नुपर्ने हुन्छ । सबैभन्दा सजिलो कुरा भनेको भारतमा बन्ने मोबाइल नै नकिन्नु हो ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर