Skip to content

भारतीयको सबैभन्दा प्यारा खड्ग ओली

पोखरा।भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको रोजाइको नेता भएको बताएका छन्। नेपालमा नयाँ सत्ता समीकरणका लागि व्यापक कसरत भइरहेका बेला उनले सो टिप्पणी गरेका हुन्।

‘मेरो जानकारीमा भएअनुसार, नेपालमा भारतको रोजाइमा ओली नै थिए। यदि प्रचण्ड प्रधानमन्त्री भए भने चाहिँ चीनको जित हुनेछ,’ उनले मंगलबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। तर प्रचण्ड भने अहिले प्रधानमन्त्री बन्ने दौडमा देखिएका छैनन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने गठबन्धनलाई सहयोग गरिरहेका छन्।

संसदमा भएको मतदानमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। उनी पनि आफै बहुमत जुटाएर फेरि प्रधानमन्त्री बन्ने वा अरुको पनि बहुमत जुट्न नसकेको अवस्थामा सबैभन्दा ठूलो दलको रुपमा सरकारको नेतृत्व गर्ने प्रयासमा छन्।

भारतको राज्य सभामा सांसद रहेका स्वामी यसअघि केन्द्रीय सरकारमा मन्त्री थिए। उनी वीजेपीको विदेशी मामिला हेर्ने एक नेता हुन्।नेपालमा सत्ता समीकरण हुँदा भारतले देखाउने चासो र सक्रियता सँधै चर्चामा हुने गर्छ। नेपालमा नयाँ सरकार गठनका लागि बिभिन्न पक्षले आआफ्ना प्रयास जारी राखिरहेका बेला आएको स्वामीको टिप्पणीले भारतीय नेताहरुको चासोको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर