Skip to content

निषेधाज्ञामा मोबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ भुक्तानी सीमा

पोखरा।कोभिड- १९ को दोस्रो भेरियन्ट फैलिएसँगै सरकारले देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा घरमै बसी आर्थिक कारोबार गर्न विभिन्न भुक्तानी माध्यमको विकल्प हामीसामु छ ।

नेपाल राष्ट्र बैंकले कारोबार मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका लागि प्रतिदिन कारोबार सीमा तोकेको छ ।

हाल नेपालमा मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार यो सीमा एउटै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा भने लागू हुनेछैन ।

त्यतिमात्रै नभएर सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायतका सेवा शुल्क भुक्तानी गर्दा कुनै सीमा लाग्ने छैन ।

यस्तै विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकम, शिक्षण संस्था (विद्यालय/कलेज), स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवाको कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकम भुक्तानीमा पनि सीमाले बाधा पुर्‍याउने छैन ।

धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबारबापत तोकिएको बैंकमा रकम भुक्तानी गर्दा पनि सीमाले असर नगर्ने उल्लेख गरिएको छ । त्यस्तै केन्द्रीय बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानीका विशेष उपकरणहरुमा समेत सीमाले बाधा नपुर्‍याउने बताइएको छ ।टेकपानाबाट साभार

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर