Skip to content

खड्ग ओली सत्ता लिप्सामा अभ्यस्त हुँदै

पोखरा। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी सांसद मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्व दिएको दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् ।

पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए । दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन् । यसअघि, ठाकुर पक्षका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो । सुरुमा प्रधानमन्त्री ओलीले ठाकुर पक्षलाई ७ वटाभन्दा बढी मन्त्रालय दिन चाहेका थिएनन । आन्तरिक व्यवस्थापन मिलाउन कम्तीमा १० जना व्यक्तिलाई सरकारमा पठाउनुपर्ने बाध्यता ठाकुरले सुनाएपछि ओलीले ८ वठा मन्त्रालय दिन तयार भएका थिए । ८ वटा मन्त्रालयमा ठाकुर पक्षले सहमति जनाएको थियो ।

जसपा स्रोतका अनुसार राजकिशोर यादवलाई सुरुमै सरकारमा पठाउने तयारी भएको थियो । तर अन्तिममा उनको नाम काटियो । स्रोत भन्छ, राजेन्द्र महतोले यादवको नाम काटेका थिए । पछिल्लो समय ठाकुर–महतो पक्षलाई यादवको सहयोग पर्याप्त नभएको बुझाइ महतोको थियो । ‘त्यसैले महतोको सिफारिशमा यादवको नाम काटियो,’ महतोनिकट स्रोतले भन्यो । त्यसपछि राजकिशोर यादव रुष्ट भए । आफूलाई सरकारमा नपठाएको विषयलाई उनले प्रतिष्ठाको विषय बनाए । स्रोतका अनुसार उनले उपेन्द्र यादव पक्षका एक शीर्ष नेतासँग पनि उनले सम्पर्क र कुराकानी अघि बढाए । यसको सुइँको ठाकुरलाई भयो । यसैवीच, यादवले बुधबार साँझ प्रधानमन्त्री केपी ओलीलाई एक्लै भेटे । प्रधानमन्त्रीलाई पनि कन्भिन्स गराए । ओलीले ठाकुरको समस्या बुझे । ठाकुर पक्षभित्र आन्तरिक व्यवस्थापन मिलाउन प्रधानमन्त्रीले यादवलाई मन्त्री बनाएको स्रोतको भनाइ छ । राजेन्द्र महतोले चाहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ओलीले यादवलाई दिएका छन् ।  नागरिक दैनिकमा खबर छापिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर