Skip to content

सिन्धुपाल्चोकमा नै किन हुन्छ सधैं बिपत्ति!

पोखरा।सिन्धुपाल्चोक बाढीपहिरो र भूकम्पका घटनाबाट आक्रान्त बनेको छ । पछिल्लो दशकका हरेक वर्षात् दुःख, पीडा र त्रासमा गुज्रने गरेको छ । वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ता जिल्लावासीमा सुरु हुन्छ ।

पहाडी भूभागमा पहिरो गएर सुनकोसी, इन्द्रावती, मेलम्ची, भोटेकोसी र ठाडा खोलानालामा जुनसुकै बेला बाढी आउन सक्छ । जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल भने हुन सकेको छैन ।

सिन्धुपाल्चोकमा भूकम्पका कारण सर्वाधिक धनजन क्षति भएको थियो । विज्ञहरूले त्यतिबेलै जोखिमयुक्त स्थान पहिचान गर्नुपर्ने सुझाव दिए पनि सरकारी निकायबाट खासै चासो दिइएन । भूकम्पका बेला जिल्लाको हिमाली भेगका डाँडामा जताततै पहिरो गएको थियो । जताततै जमिनमा धाँजा फाटेकाले वर्षात्मा तिनै स्थानमा पानी पसेर पहिरो गएको अनुमान स्थानीयले गरेका छन् ।

२०७२ पछि लगातार पहिरो गएकाले भूकम्पकै असर रहेको अनुमान विज्ञहरूको पनि छ । भूगर्भविद् नरेन्द्र खनाल भूकम्पका बेला मेलम्चीघ्याङको उत्तरतर्फ चार वटाभन्दा बढी पहिरो गएकाले त्यसको खतरा रहिरहेको बताउँछन् । यसपालिको पहिरो पनि सोही स्थानमा गएको हो । खनालले भूकम्पका कारण गएको पहिरोलाई बर्सेनि अनुगमन गरेर त्यसले पार्ने असर अनुमान लगाउन सकिने बताए ।

सिन्धुपाल्चोकमा गत वर्ष बाढीपहिरोले सर्वाधिक क्षति गरेको थियो । त्यतिबेलाका पीडितको बसोबासको व्यवस्थापन अझै हुन सकेको छैन । सरकारले विदेशी सहयोग जुटाउन बागलुङ र सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटकाल क्षेत्र घोषणा गरे पनि त्यसअनुरूप काम देखिएको छैन ।

त्यतिबेला संघीय र प्रदेश सरकारले बाढीपहिरो नियन्त्रणका लागि थप संरचना निर्माण, विस्थापितको पुनःस्थापना, बस्ती स्थानान्तरण जस्ता विषयमा प्राथमिकता दिने जनाएका थिए । तर चालु वर्षमा बाढीपहिरो नियन्त्रणको कुनै पनि विशेष कार्यक्रम बनेन । विगतमा जसरी भूसंरक्षणका कार्यक्रम बन्थ्यो अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर