Skip to content

२१ मन्त्रीको पद चैट

पोखरा।सर्वोच्च अदालतको मंगलबारको एउटा अन्तरिम आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा रहेका दुई उपप्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी २१ जना पदमुक्त भएका छन्।

प्रतिनिधि सभा विघटनपछि निर्वाचनको घोषणा भएको अवस्थामा मन्त्रिपरिषद विस्तार गर्ने संवैधानिक अधिकार नरहेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले सरकारका नाममा यस्तो अन्तरिम आदेश दिएको थियो।

मन्त्रिपरिषद विस्तार गैर संवैधानिक भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट हालेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक नभएको त्रिपाठीको जिकीर थियो।

उनले मंगलबारको बहसका क्रममा पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न खोज्दा निर्वाचन घोषणा भइसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नजिर पेश गरे।

यस्तै, डा. रामवरण यादवले पनि डा. बाबुराम भट्टराईको विस्तारको निर्णय रोक गरेको नजिर पेस गरेका थिए। त्रिपाठी प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा विपक्षी गठबन्धनका तर्फबाट वकालत गरिरहेका अधिवक्ता हुन्। उनी, नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमिका मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर