Skip to content

गोरखामा रात्री बस दुर्घटना

गोरखा। काठमाण्डौँबाट गोरखा हुँदै सोतीका लागि छुटेको रात्रीबस आज बिहान दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएका छन् ।

ग १ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिका ३ तान्द्राङ मुरलीचोकमा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।
गोरखा धार्चे ६ का वर्ष ५० को सुरमान घले, भिमसेन थापा ३ बस्ने वर्ष २९ को उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, उज्वल पुडासैनी र धार्चे स्थित केरौँजा बस्ने वर्ष ३२ को कान्छि गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउको र छात्तीमा चोट छ । गम्भिर घाईते तीन जनालाई काठमाण्डौँ र दुई जनालाई गोरखा अस्पतालमा उपचारका लागि लगिँदै छ ।
बसमा करिब ४० जना सवार रहेको र अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको ट्राफिक प्रमुख ढकालले बताए । चालक इलाका प्रहरी कार्यालय आरुघाटको नियन्त्रणमा छन् । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर