Skip to content

इन्धनको मूल्यमा भारी बृद्धि

पोखरा।नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेपछि लागू हुनेगरी निगमले असार महिनामा दोस्रो पटक मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपयाँ बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। अब पेट्रोल प्रतिलिटर १२९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ भएको छ। यसअघि पेट्रोल १२७ र डिजेल र मट्टीतेल ११२ रुपैयाँ थियो।

यसअघि निगमले असार १० गते रातिबाट लागू हुनेगरी मूल्य बढाएको थियो।
त्यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। अन्तराष्ट्रिय इन्धन भने प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ पुर्याएको छ।

त्यसैगरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ। १४ सय रुपैयाँमा पाइले खाना पकाउने ग्यासलाई अब १४ सय २५ पर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर