Skip to content

शेरबहादुर मजबुत हुँदै रामचन्द्र झन कमजोर

पोखरा। नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ ।

कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् ।

यसैगरी, संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा। शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ मैदानमा उत्रिने तयारीमा छन् ।

यस्तै, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला पनि टिमसहित मैदानमा उत्रिने भन्दै तयारी गरिरहेका छन् ।

सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने आफूलाई धोका नदिनेमा देउवा ढुक्क छन् ।

संस्थापन इतर समूहका आकांक्षीहरू भने एकले अर्कालाई आरोप लगाउनमा नै व्यस्त छन् । इतर समूहबाट पौडेलले आफूले सबैलाई समेटेर अघि बढ्ने भन्दै सघाउन आफ्नै समूहका नेताहरूलाई निरन्तर आग्रह गरिरहेका छन् ।

उनी गत बुधबार पूर्वमहामन्त्री सिंहलाई आफूलाई सघाउन आग्रह गर्दै उनको ठमेलस्थित निवास पुगेका थिए । यसैगरी, नेता शेखरसमेत शुक्रबार सिंहलाई फकाउन उनको निवास गएका थिए भने शनिबार महामन्त्री शशांक सिंहलाई फकाउन पुगेका थिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर