Skip to content

रामचन्द्र पौडेलले सन्यास लिंदै!

पोखरा। नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि संस्थापन इतर समूहको साझा उम्मेदवार तय गर्न बुधबार बसेको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन् । साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति हुन नसकेपछि पौडेलले सके मिलौ नसके आफू राजनीतिबाट नै सन्यास लिने अभिव्यक्ति दिएका छन् ।  डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबीबाट पछाडि नहटेपछि पौडेल आक्रोसित भएका थिए । उनले भने  ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्यास लिन दिनोस् ।’ पौडेल आक्रोसित रुपमा प्रस्तुत भएको रामशरण महतले बताएका छन् । सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतका नेताहरु सहभागी थिए । प्रकाशमानले सभापतिको दावी नछाड्ने बरु एक्लै चुनाव लड्ने भनेपछि पौडेल आक्रोशित बनेको नेताहरुको भनाइ छ । सिंहले जस्तै शेखर कोइरालाले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर