Skip to content

अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

पोखरा। सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित अमरेशकुमार पार्टीको क्षेत्रीय अधिवेशनमा पराजित भएका छन् । सिंहविरुद्ध बनाइएको गठबन्धनले उनको टिमलाई नै पराजित गरेको छ ।

शेखर कोइराला पक्षमा रहेका सिंहविरुद्ध शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएका थिए ।

अमरेशविरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाविधेशन प्रतिनिधिसम्म सबै पदमा एकलौटी विजयी भएको छ । अमेशकुमार सिंहलाई हराउनका लागि सोही क्षेत्रका प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह एक भएका थिए । अमरेशको पकड भएको तीन वडामा अधिवेशन हुन नदिइएपछि उनी हार्ने आँकलन पहिले नै गरिएको थियो ।

अमरेशले केही दिनअघि पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका थिए ।

अहिले सर्लाहीमा अधिवेशन गराउन अरुण ज्ञवालीलाई चौथो निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । उनी पनि सुरक्षाका लागि सिडिओ क्वाटरमा बसेका छन् ।

यस्तै मंगलबार राति नै सर्लाही क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको नतिजा आएपनि औपचारिक रुपमा परिणाम घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर