Skip to content

विराटनगर कोरोनाको हटस्पट !

पोखरा। प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कुल सङ्क्रमित मध्ये करिब आधाको सङ्ख्यामा विराटनगरका नागरिक सङ्क्रमित हुन थालेको छन् ।

यो सँगै विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ। मंगलबारमात्र प्रदेश भरी कुल एक हजार ७१ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । मंगलबारको कुल परीक्षणमध्ये ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

एक हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएकोमा मोरङ जिल्लाका ४४८ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।परीक्षण गरिएका मध्ये प्रदेशको राजधानी रहेको विराटनगरका मात्र ३८६ जना रहेका छन् ।

यो तथ्याङ्कले मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको भयावह अवस्थाको सङ्केत गरेको छ । मंगलबार कुल परीक्षणको अनुपातमा प्रदेशमा ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । त्यसमा मोरङका ४५ प्रतिशत रहेका छन् भने विराटनगरका ४१ दशमलव ९१ प्रतिशतमा एकै दिन कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर