Skip to content

एमालेको जनसंगठन संयन्त्रको बैठक बस्दै, समयमै चुनाव गराउन सरकारलाई दबाब दिने

पोखरा। स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै नेकपा एमालेले सरकारलाई समयमा चुनाव गर्न दवाव दिने भएको छ ।  सत्तागठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी भइरहेका बेला बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठनमार्फत दवावका कार्यक्रम अघि बढाउने भएको हो ।

त्यसका लागि सो पार्टीले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । रिजालले दुई वटा एजेण्डामा छलफल गर्न बैठक बोलाएको बताए । ‘स्थानीय निर्वाचन समयमै नगराउने आलटाल भइरहेको छ । यसको विरुद्धमा एमाले छ । यस कुरालाई जनसंगठनहरुले आ-आफ्नो ठाउँबाट दवाव दिन पार्टी परिचालन गर्नेगरी निर्णय गर्नेछ, अर्को जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने कार्यक्रम छ’, रिजालको भनाइ छ ।

उनका अनुसार संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन् । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् । सवै जनसंगठनमा सहइन्चार्ज नभएपनि इन्चार्ज र अध्यक्ष छन् ।

यो हिसावले पनि ५० जना भन्दा बढिको उपस्थितिमा संयन्त्रको बैठक बस्न लागेको हो । सरकारले कोरोना संक्रमण बढेकाले २५ जना भन्दा बढीको संख्यामा भेला नगर्न निर्देशन जारी गरेको छ । तर उपप्रमुख रिजालले बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर