Skip to content

ऋषि कट्टेल पार्टीबाट निष्काषित!

पोखरा। तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउन सफल भएको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आफै विभाजित भएको छ ।

पार्टी भित्र विवाद चुलिएपछि पार्टीकै बहुमत सदस्यले अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निकालिदिएका छन् ।

लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष घोषणा गर्दै बहुमत सदस्यको बैठकले कट्टेललाई पार्टी सदस्यसमेत नरहने गरी निश्काशित गरेका हुन् ।

कट्टेललाई निश्काशित गरिएको पत्र उनीहरुले निर्वाचन आयोगलाई समेत बोधार्थ पठाएका छन् ।

‘दलको विधान २०६९, राजनीतिक दल सम्बन्धि ऐन २०७३, नेपालको संविधान विपरित दलको अहितमा काम गरेको बारेमा केन्द्रीय समितिले माघ ५ गते गरेको निर्णयअनुसार जाँचबुझ समिति गठन गरी उक्त समितिको निर्णयअनुसार २०७८ माघ ७ मा स्पष्टिकरण सोधिएकोमा कुनै जवाफ नदिनु भएकाले पार्टीको विधानअनुसार दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानबिन समितिको सिफारिस प्रतिवेदन बमोजिम आजैका मितिदेखि निश्कासन गरिएको ब्यवहोरा जानकारी गराइन्छ ।’– कट्टेललाई पठाइएको माघ १३ को पत्रमा उल्लेख छ ।

असन्तुष्ट समूहमा सुवेदी पार्टीको का.वा. अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक तोकिएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पछि बनेको नेकपालाई अदालतले विघटन गरेसँगै कट्टेल नेतृत्वको नेकपाको चर्चा चुलिएको थियो । कट्टेलले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकता गर्नेबारेमा पनि लामो समयदेखि छलफल गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर