Skip to content

एमसीसी पारित भए नैतिक रुपमा आफूहरु सरकारबाट बाहिरिने:प्रचण्ड!

पोखरा। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो इशारा अनुसार चलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनले सरकारले एमसीसी प्रस्ताव संसदमा टेबुल गरे सभामुख सापकोटाले नरोक्ने पनि बताए । उनले भने, सरकारले प्रस्ताव अगाडि बढाउ भन्यो भने उहाँले अघि बढाउनुपर्छ । रोक्ने अधिकार सभामुखलाई छैन् ।

हिजो  राति एक निजी  टिभीबाट प्रसारण भएको एक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, प्रधानमन्त्रीले एमसीसी संसद्मा टेबुल गर्न चाहे टेबुल हुन्छ । यो रोक्न मिल्दैन् । टेबुल भयो भने हामी त त्यो प्रस्तावको पक्षमा जाँदैनौं । र, जान पनि मिल्दैन् । एमसीसीले देशलाई फाईदा नगर्ने र घाटा बढि हुन्छ भनेर आफूहरु जनतामा जाने पनि सुनाए । उनले एमसीसी पारित भए नैतिक रुपमा आफूहरु सरकारमा नबस्ने पनि खुलासा गरे ।उनले सभामुख सापकोटाले पनि एमसीसीको बारेमा सर्बदलीय सहमति बनाउन चाहेको पनि सुनाए । उनले आम सहमति नगरी जबरजस्ती हतार गरेर एमसीसी पास गर्न नहुने धारणा राखे । उनले यदि सरकारले एमसीसी संसदमा लगेमा र सभामुखले अघि नबढाए नैतिकताका आधारमा पद त्याग्नु उचित हुने पनि बताए । उनले आफूहरुले एमसीसी पास गर्ने भनेर पाँच दलीय गठबन्धन नबनाएको पनि जिकिर गरे । उनले एमसीसी पास भयो भने आफूहरु यो यो गलत कुरा हो भनेर जनतामा जाने पनि सुनाए । एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा मिलेको सुनाए । उनले ओली राजनीतिक अडानमा भन्दापनि स्टण्टमा विश्वास गर्ने नेता भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर