Skip to content

सत्ता गठबन्धनमा भुकम्प!

पोखरा।हिजो बालुवाटार बैठकमा गर्मागर्मी बहस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे विकल्पसहित कुरा राख्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी अगाडि बढ्नै नदिने कुरा राखेपछि चर्काचर्की नै भएको बुझिएको छ ।देउवाले एमसीसी सदनमा टेबुल गरेर अगाडि बढ्ने प्रस्ताव राखेपनि प्रचण्ड र माधव नेपालले सहमति विना टेबुल नहुने कुरा राखेका थिए । देउवाले गठबन्धन नै समस्यामा पर्ने भनेपछि दुवै नेताले बरु गठबन्धन जे होस् टेबुल गर्न नदिने भनेका थिए ।

देउवा कुनै हालतमा एमसीसी पारित गर्न अगाडि बढ्ने अडानमा छन् तर, प्रचण्ड र माधव नेपाल एमसीसी रोक्न लागिसकेका छन् ।प्रचण्ड र माधव नेपालले त गठबन्धन जे होस् भन्दै देउवालाई चुनौती नै दिएका थिए । त्यसपछि देउवा आफू अगाडि बढिसकेको बताएका थिए । उनले मन्त्रिमण्डलमा रिक्त दुई मन्त्रालयलाई पनि पूर्णता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर