Skip to content

शहिदलखन गाउँपालिकामा आज सार्बजनिक बिदा!

गोरखा। गोरखाको शहिदलखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ ।नेपालका प्रथम शहिद लखन थापाको एक सय ४५ औँ स्मृति दिवसको अवसरमा बिगतमा जस्तै यो फागुन २ गते पनि बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत जीबनबहादुर आलेले बताए ।

जहानियाँ राणा शासनका बिरुद्ध आवाज उठाएकै कारण विसं १९३३ फागुन २ गते लखन थापालाई शहिदलखन गाउँपालिका बुङकोट ७ काहुलेभंगारमा झुण्डाएर हत्या गरिएको थियो । उनीसँगै शाहादत प्राप्त गरेका अन्य अग्रणी ६ जना शहीदहरुको स्मृति दिवसको अवसरमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए । माघ ६ गते बसेको गाउँकार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको उनले बताए ।

सोमवार गाउँपालिका, वडा लगायत सबैकाम बन्द हुनेछ भने स्मृति दिवसको अवसरमा काहुलेभंगारमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शहीदलखन गाउँपालिकाले लखन थापाको अर्धकदको शालिक, पार्क, कुण्ड पनि निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर