Skip to content

खड्ग प्रसाद ओलीलाई “मेधावी योगदान” पदक !

पोखरा। पुर्व प्रधानमन्त्री एवं नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक “मेधावी योगदान”,  प्राप्त गरेकाछन् । आज समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा, ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुऱ्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बताए । ओली “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् साथै यस बर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको छ । ओली दुवैपटक प्रधनमन्त्री हुँदा उनले नेपाल स्काउट र यसका गतिबिधिलाई बिशेष चासोको रुपमा लिई, स्काउट अभियानलाई देशै भरी विस्तार गर्न नितिगत तथा आर्थिक हिसाबले सहयोग गरेका थिए ।

पूर्ब प्रधानमन्त्री केपी ओली
मेधावी योगदान पदक ग्रहण गर्दै ओली

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । पुर्व प्रधानमन्त्री ओलीले नेपाल स्काउटको संरक्षको रुपमा गरेको योगदान नेपालमा मात्र नभई विश्व स्काउटमै प्रशंसायोग्य रहेको स्काउट सदस्यहरु बताउँछन् । प्रधानमन्त्रीकै रुपमा ओलीले बिभिन्न स्काउट कार्यक्रममा सहभागीता जनाउनुका साथै “बालबालिका संग प्रधानमन्त्री” भन्ने कार्यक्रम नै शुरुवात गरेका थिए । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा बिस्तार भएकोछ भने देशका सबै बिद्यालयमा स्काउट इकाइ संचालन गर्ने कार्य धमाधम भइरहेको छ । यही उपलब्धीलाई ओलीको मुख्य योगदान बताँउदै विश्व स्काउट एशिया प्रशान्त क्षेत्रले “मेधावी योगदान” पदकबाट बिभुषीत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर