Skip to content

काँग्रेसले सर्त माने एमालेले सघाउने!

पोखरा।प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद अवरोध हटाउनुका साथै एमसीसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसीसीलाई लिएर पटकपटक वार्ता भएको छ।

एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ। काँग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ।हाम्रा माग सम्बोधनका विषयमा काँग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ,’ एमालेका एक उच्च नेताले भने ।

ती नेताका अनुसार माओवादी केन्द्रले धोका दिएकै कारण काँग्रेसले एमालेको साथ खोजेको र एमालेले पनि विश्वसनीय आधार बनाउन सांसदहरूको हस्ताक्षर खोजेको हो । काँग्रेसका एक नेताका अनुसार सांसदको हस्ताक्षर पनि तयारी अवस्थामा भएकाले एमालेको माग सम्बोधन हुने सम्भावना बढेर गएको छ। सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे संसदमा दुईतिहाइ पुर्‍याउन आफूले सहयोग गर्ने आश्वासन एमालेले प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर