Skip to content

दबाबमा प्रचण्ड र माधव!

पोखरा।अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज  कर्पोरेसन  (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ।सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो ।सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित  गर्नुपर्छ  भन्ने  पक्षमा  छ  ।

त्यस्तै  सत्ताका दुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।

अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा. भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् । त्यसै कारण दुवै नेतालाई आफैले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गर्नुभएको आग्रह नकार्ने अवस्थामा उहाँहरू हुनुहुन्न  किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा. भट्टराई बताउँछन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर