Skip to content

एमाले र कांग्रेसबाहेक अरु पार्टीलाई भोट नहाल्नुःशंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र कांग्रेसबाहेक अरू पार्टीलाई भोट नहाल्न अपील गरेका छन् ।

उनले आगामी निर्वाचनमा दुईवटा दललाई मात्रै भोट हाल्ने गरि निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमबार बिराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले मुलुकमा राजनीतिक दलको संख्या घटाउनुपर्ने बताए।

उनले दुईभन्दा बढी दलको आवश्यकता नै नभएको भन्दै एमाले र काङ्ग्रेस बाहेक अन्य दललाई मतदान गर्न आवश्यक नभएको बताए। ‘नेपालमा बलियो राजनीतिक दलको खाँचो छ, दुई भन्दा बढी दल जरुरी छैन’ पोखरेलले भने- ‘एउटा समाजवादतर्फ र अर्को पुँजीवादतर्फ उन्मुख दल रोजौ, दुईटालाई मात्रै भोट हालौ।’

उनले स्थानीय निर्वाचन कुनैपनि बहानामा सार्न नदिइने बताए । एमाले एक्लै पनि गठबन्धनसंग चुनावमा भिड्ने महासचिव पोखरेलले दावी गरे। पोखरेलले नेकपा विघटन भएपछि प्रदेश सरकारहरुको दुर्गति सुरु भएको र त्यो दुर्गतिको नेतृत्व अहिलेको गठबन्धन सरकारले गरिरहेको आरोप लगाए।

उनले एमालेको योजना अनुसार नै एमसीसी पास भएको र त्यसको आलोचनाको भारी भने गठबन्धनलाई नै बोकाइदिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर