Skip to content

एमालेको पाखुरा देखेर प्रधानमन्त्री डराए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग आउने चुनावमा एक्लै भिड्छु भन्ने हिम्मत कसैसँग नभएको बताएका छन् ।  पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लैले देशब्यापी चुनाव जितेर देखाईदिने बताए ।

‘एक्लै एमालेसँग भिड्छु भन्ने आँट कसैले देखाउन सकेनन । अरूको त के ल्याकत भयो र !  कांग्रेसले पनि नसक्ने भनेर हात उठायो, ’अध्यक्ष ओलीले भने,  ‘प्रदेश सभापतिहरूले गठबन्धन नगरौँ एक्लै जाऊँ भन्दा देउवाजीले नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छ ? त्यसैले तालमेल गर्नुपर्छ भन्नुभएछ । कांग्रेसले पनि अव हात उठायो । देउवाले टुप्पाबाट बसेर हेर्दा एमालेका पाखुरा देख्नुभयो र छक्क परेर तालमेल गर्नुपर्नेमा पुग्नुभयो ।’

ओलीले अव एमालेसँग एउटा, दुईटा वा ५ वटा दल होइन निर्वाचन आयोगमा दर्ता भएका सवै दल एकातिर भएर आएपनि हराउन कसैले नसक्ने जिकिर गरे । ओलीले भने– ‘देउवाजीले टुप्पोमा बसेर हेर्दा देशै भरी एमाले मात्र देख्नुभयो । एमालेको मसल देख्नुभयो । एक्लै त कसैले नचिताए हुन्छ,पाँच वटा होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलाएर आए पनि केही फरक पर्दैन ।’

ओलीले अन्य दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए । ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले भने ।

उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।

‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौं भन्ने होला । नेपालमा किन रेल कुदायौं भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’#मेरोन्यूजबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर