Skip to content

बैकका सिइओहरुलाई अत्याबश्यक कर्जा बाहायक सम्पूर्ण कर्जा रोक्न राष्ट्रबैंकको कडा निर्देशन

पोखरा। नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएको छ । सोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरूलाई बोलाउँदै राष्ट्र बैंकले सो निर्देशन दिएको छ ।

एक बैंकका सीईओका अनुसार राष्ट्र बैंकले अहिले अर्थतन्त्र ठूलो संकटमा भएकोले यसबाट पार गर्नको लागि बैंकहरूको ठूलो भूमिका रहने राष्ट्र बैंकको भनाइ थियो ।

‘बैंठकमा राष्ट्र बैंकले अत्यावश्यक बाहेकको वस्तुमा जाने कर्जा रोक्नु भनेको छ, हामी इनारको डिलमा छौं, यसमै हाम फाल्ने कि यसबाट बच्ने भन्ने ध्यान दिनुपर्छ भन्ने राष्ट्र बैंकको भनाइ थियो, गाडी कर्जा पनि रोक्नु भनेको छ,’ ती सीईओले भने ।

राष्ट्र बैंकले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । राष्ट्र बैंकले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

विकासन्युजबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर